एमाले बैठक- नेताहरूको प्रस्तावउपर आज समूहगत छलफल – Nepal Press

एमाले बैठक- नेताहरूको प्रस्तावउपर आज समूहगत छलफल

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । तीनदिनसम्म जारी एमालेको सातौँ केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजेदेखि बस्दैछ ।

आजको बैठकमा नेताहरूको प्रस्तावउपर आज समूहगत छलफल हुनेछ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्तुत गरेको पार्टी शुद्धीकरण र सुदृढीकरणसम्बन्धी प्रस्ताव, उपाध्यक्ष विष्णप्रसाद पौडेलले प्रस्तुत गरेको जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्नेसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले प्रस्तुत गरेको जनचासोका विषयमा पार्टी परिचालनसम्बन्धी प्रस्तावमा आधारित भएर ९ समूहमा आज केन्द्रीय कमिटी सदस्यहरुका बीचमा छलफल हुने सचिवालयले जनाएको छ ।

बैठक भाेलिसम्म जारी रहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर