ओलीको टिप्पणी- गठबन्धनको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- गठबन्धनको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्णरूपमा असफल भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको सम्झिँदै ओलीले सरकारको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु रहेको दोहोर्‍याए । सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको उनको टिप्पणी छ । अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क गरेका छन् ।

केन्द्रीय कमिटी बैठकमा उनले भने, ‘अहिलेको गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो नै छैन । चालू भएका आयोजना बन्द छन् । थप कुनै योजना, आयोजना छैनन् । अहिलेको गठबन्धनको उद्देश्य एमालेको विरोध गर्नु, बदनाम गर्नु हो । एमालेको चरित्र हत्या गर्नु हो ।’

ओलीले थपे, ‘सरकार असफल भएको छ । यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढदो छ । असन्तुष्टिले आक्रोशको रूप लिइराखेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर