च्यासलमा एमाले बैठक- पार्टी शुद्धीकरणदेखि जनदबाबसम्मका एजेण्डा (तस्बिरहरू) – Nepal Press

च्यासलमा एमाले बैठक- पार्टी शुद्धीकरणदेखि जनदबाबसम्मका एजेण्डा (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठक ३ दिन चल्नेछ ।

बैठकका लागि ६ वटा कार्यसूची तय छन् । अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणा मुख्य एजेण्डा रहनेछ । एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रमसेत यो बैठकबाट अघि सार्ने तयारी गरेको छ ।

यसैगरी, अन्य एजेण्डामा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाब, समसामयिक प्रस्ताव रहेको प्रचार विभाग प्रमुख गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर