एमाले बैठकका लागि ६ वटा एजेण्डा तय – Nepal Press

एमाले बैठकका लागि ६ वटा एजेण्डा तय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको एजेण्डा तय भएको छ ।

३ दिन चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गर्ने, सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालन र जनदबाबबारे र समसमायिक प्रस्तावबारे छलफल हुने प्रचा विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । बैठकमा मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्नेहरू र अधिवेशनबाट बिदा भएकाहरूको व्यवस्थापन गर्ने र पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन पार्टी सदस्यहरूबाट न्यूनतम सय रूपैयाँ उठाउने प्रस्तावमाथि पनि छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर