नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष भट्टराई एमालेमा फर्किए – Nepal Press

नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष भट्टराई एमालेमा फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । सोमबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईसहित नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गरेका हुन् ।

भट्टराईसहित स्याङ्जा जिल्लाका इन्चार्ज महेन्द्र थापा, ४८ जना जिल्ला कमिटीका पदाधिकारी र सदस्य एमालेमा समाहित भएको बताइएको छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले घर फर्किएकाहरूलाई भेदभाव नगरी सम्मानजनक जिम्मेवारी दिइने बताए । यसअघि नेकपा एसका तनहुँ जिल्ला इन्चार्ज प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ पनि नेकपा एमालेमा फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर