युक्रेन मुद्दा पश्चिमा देशलाई रणनीतिक हो, रुसलाई गर या मरको : पुटिन – Nepal Press

युक्रेन मुद्दा पश्चिमा देशलाई रणनीतिक हो, रुसलाई गर या मरको : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मुद्दा रुस र पश्चिमा विश्वलाई फरक फरक भएको बताएका छन् ।

पश्चिमा देशहरुलाई युक्रेन मामिला रणनीतिकमात्रै भएको भन्दै पुटिनले रुसलाई युक्रेन मामिला गर या मरको भएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले रुसको अस्तित्वसँग युक्रेन मुद्दा जोडिएको बताएका छन् । पत्रकार पाभेल जारुविनसँग कुराकानी गर्दै पुटिनले यस्तो बताएका हुन् ।

आफूले अमेरिकी पत्रकार टकर काल्र्सनलाई रुसको इतिहासमा छिरेर अन्तर्वार्ता दिनुको कारण नै युक्रेन मामिलामा रुसी मस्तिष्क बुझाउन भएको पुटिनले पत्रकारलाई बताएका छन् ।

तीन सय वर्षको इतिहास भएका अमेरिकीहरुलाई १०० वर्ष पुरानो इतिहास बुझ्न कठिन भएको पुटिनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर