जेलमा रहेका रुसी नेताको मृत्युमा चिनियाँ प्रतिक्रिया ‘यो रुसको आन्तरिक मामिला हो’ – Nepal Press

जेलमा रहेका रुसी नेताको मृत्युमा चिनियाँ प्रतिक्रिया ‘यो रुसको आन्तरिक मामिला हो’

काठमाडौँ । रुसी जेलमा रहेका ४७ वर्षे रुसी विपक्षी नेता एलेक्सी नेभाल्नीको मृत्युमा प्रतिक्रिया दिँदै चीनले यो रुसको आन्तरिक मामिला भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयले यस बारेमा प्रतिक्रिया दिँदै यस्तो बताएको हो ।

मन्त्रालयका प्रवक्ताले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई शनिवार भनेका छन्, ‘यो रुसको आन्तरिक मामिला हो । म कुनै टिप्पणी गर्दिन ।’

चिनियाँ विदेश मन्त्रालयको टिप्पणीलाई लिएर जर्मनीमा जारी म्युनिक सुरक्षा सम्मेलनमा पनि कुरा उठेको छ । नेटोका महासचिव जेम्स स्टोलटेनबर्गले यसमा तत्काल प्रतिक्रिया जनाएका छन् ।

उनले भनेका छन्, ‘आज हामीले चीनले एलेक्सी नेभाल्नीको मृत्युलाई रुसको आन्तरिक मामिला भएको देख्यौँ । यो रुसको आन्तरिक मामिला होइन ।’

स्टोलटेनबर्गले आज रुसले युक्रेनलाई दबाउन सकेमा त्यस्तै कुरा एसियामा ताइवानमा पनि हुने भन्दै चीनले युक्रेन मामिला ध्यानपूर्वक हेरिरहेको उनले दाबी गरे ।

नेभाल्नीको मृत्यु शुक्रवार भएको सार्वजनिक भएको छ । अधिवक्ता समेत रहेका उनलाई पश्चिमा देशहरूले पुटिनका कडा आलोचक मान्छन् भने रुसीहरूले उनलाई दक्षिणपन्थी अभियानकर्मी भन्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर