युक्रेन नेटोका लागी जोखिम हो : इटालियन विदेशमन्त्री – Nepal Press

युक्रेन नेटोका लागी जोखिम हो : इटालियन विदेशमन्त्री

काठमाडौं । इटालीका विदेशन्त्रीले युक्रेन नेटोको लागि जोखिम भएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार रुससँग युद्ध भइरहेको समयमा युक्रेनको नेटो सदस्यता भएको अवस्थामा यसले विश्व युद्ध निम्त्याउने विदेशमन्त्री एन्तोनियो ताजानीले बताएका छन् ।

ताजानीले शनिवार जर्मनीको म्युनिक सुरक्षा सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

उनले नेटोले युक्रेनलाई सदस्यता दिलाउन कदम सुरु गरे पनि युक्रेनलाई सदस्यता दिनु अगाडि धेरै कुरा हेर्नुपर्ने तर्क गरेका छन् ।

उनले भनेका छन्, ‘खुलस्त भन्नुपर्दा यो सबैको लागि जोखिम हो किनभने हामीले रुससँग युद्ध गरिरहेका छौँ । नेटोको पूर्ण सदस्यको लागी यो तेस्रो विश्व युद्ध सरह हो ।’

नेटोले सबैभन्दा पहिले सन २००८ मा युक्रेनलाई सदस्यता दिन सक्ने बताएको थियो । युक्रेनको नेटो सदस्यताको तीव्रता सन २०१४ बाट जटिल बनेको युक्रेनको आन्तरिक मामिलाबाट सुरु भएको हो ।

सन २०१४ मा युक्रेनका जन निर्वाचित राष्ट्रपतिलाई सडक प्रदर्शनबाट हटाइएको थियो । पूर्वी युक्रेनमा रुसी भाषीले विद्रोह गरेर युक्रेनबाट अलग भएको दाबी गरेका थिए । सोही साल क्राइमिया जनमत संग्रह भएर रुसमा गाभिएको थियो ।

सन २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनलाई सैन्य हमला गरेपछि युक्रेनका पूर्वी क्षेत्रका डोनबास क्षेत्र पनि रुसमा गाभिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर