इजिप्ट र ब्राजिलद्वारा गाजामा युद्धविरामको लागि आह्वान – Nepal Press

इजिप्ट र ब्राजिलद्वारा गाजामा युद्धविरामको लागि आह्वान

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसीले बिहीवार कायरोमा भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गरेका छन् ।

उनीहरूले द्विपक्षीय सम्बन्धलाई स्तरोन्नति गर्ने र गाजा पट्टीमा जारी इजरायली युद्धबारे छलफल गरेका थिए । ब्राजिल र इजिप्टको कूटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको भन्दै अबको बाटो झनै राम्रो हुने बताए । उनीहरूले गाजामा तत्काल युद्धविराम हुनुपर्नेमा जोड दिएका छन् ।

इजिप्ट र गाजा बीचको रफाह सीमा नाका गत वर्ष अक्टोबरमा इजरायलले गाजामा ठूलो सैन्य आक्रमण शुरु गरेदेखि नै राहत सामग्री प्रदान गर्नको लागि प्रमुख लाइफलाइन भएको छ ।

लुलाले राफा क्रसिङ हुँदै घेरामा परेका गाजाबाट करिब २ हजार ब्राजिलियन नागरिकहरूलाई सुरक्षित निकासी र प्रस्थान गर्नमा इजिप्टको भूमिकाको प्रशंसा गरे ।

दुई नेताले दशकौँ लामो इजरायल–प्यालेस्टाइन द्वन्द्वको अन्त्य गर्न स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापनाका लागि आफ्नो समर्थन पनि व्यक्त गरे ।

लुलाले आफ्ना इजिप्टका समकक्षीसँगको वार्तामा दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा स्तरोन्नति गर्ने र हाल वार्षिक करिब २ अर्ब अमेरिकी डलर बराबरको व्यापार आदानप्रदान बढाउने विषयमा छलफल भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर