यूएईमा सात अर्बमा बनेको हिन्दू मन्दिर भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने – Nepal Press

यूएईमा सात अर्बमा बनेको हिन्दू मन्दिर भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट (यूएई)मा सात अर्ब भारतीय रुपैयाँमा निर्माण भएको हिन्दू मन्दिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन् । २७ एकरमा बनेको स्वाप स्वामीनारायण संस्था मन्दिर दुबईको अबुधाबी शेह जयद राजमार्ग नजिकैको अल रब्बा क्षेत्रमा छ ।

दुबईमा सुरु भएको विश्व सरकार सम्मेलनमा पुगेका मोदीले आज मन्दिर उद्घाटन गर्नेछन् । ३०० सेन्सर प्रयोग भएर बनेको मन्दिरले तापक्रम, चाप तथा भूकम्पीय नाप पनि लिने टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । सेन्सरहरुले प्रत्यक्ष अनुसन्धानको लागि तथ्यांकहरु दिने बताइएको छ ।

कुनै धातु प्रयोग नभएको मन्दिर बनाउन भारतको राजस्थानबाट २० हजार टन स्याण्डस्टोन ७०० कन्टेनरमा राखेर लगिएको मन्दिर बनाउन सक्रिय स्वयंसेवक उमेस राजाले टाइम्स अफ इण्डियालाई उल्लेख गरेका छन् ।

आजै मोदी र यूएईका नेता शेख महमद बिन जायदले डिजिटल भुक्तानी र पूर्वाधार विकासका सम्झौता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर