भृकुटीमण्डपमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन (तस्बिरहरु) – Nepal Press

भृकुटीमण्डपमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेकाे भन्दै शक्ति प्रदर्शन गरेका छन् ।

उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरे ।

राजधानीमा आयोजित सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच प्रसाईंको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ । यति मात्र होइन प्रसाईंसँग वार्ता गर्न टोलीसमेत निर्माण गरिएको छ ।

प्रसाईं राजसंस्था, गणतन्त्र खारेजी, हिन्दू धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

One thought on “भृकुटीमण्डपमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन (तस्बिरहरु)

  1. बैकको ऋण तिर्नुपर्दैन कि भनेर भेला भएकाहरूको झुण्ड हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर