क्यानाडाविरुद्ध सतक हानेका अनिल भन्छन्- दिमाग खाली राखेर खेल्छु – Nepal Press

क्यानाडाविरुद्ध सतक हानेका अनिल भन्छन्- दिमाग खाली राखेर खेल्छु

काठमाडौं । लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेको अनिलकुमार शाहले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरे ।

पहिलो खेलमा मौका नपाएका अनिलले मौका पाएका दुई खेलमा आफूलाई प्रमाणित गरे । उनले एक शतक र एक अर्धशतक प्रहार गरे । उनले क्यानडाविरुद्धको दोस्रो खेलमा ५० र तेस्रो खेलमा अविजित ११२ रन बनाए । २०२२ पछि राष्ट्रिय टोलीमा परेको अनिलको पुनरागमन गज्जबको भयो ।

सोमबार भएको खेलमा शतक प्रहारपछि अनिलले आफ्नो प्रदर्शनबाट खुशी भएपनि रन अझै नपुगेको बताए । ‘आफ्नो प्रदर्शनप्रति खुशी छु । रन पुगेको छैन नि त । जतिसम्म खेल्छौं । तबसम्म रन नै चाहिन्छ ब्याटरको रुपमा रन बनाउनै पर्ने हुन्छ । टिमका लागि जति सक्दो रन बनायो । त्यति योगदान दिन सकिन्छ । त्यति राम्रो हुन्छ’, उनले भने ।

कडा मिहिनेतले गर्दा प्रदर्शन राम्रो भएको अनिलले सुनाए । ‘बल हेर्यो । रियाक्ट गर्यो । यति प्राक्टिस गरेका छौं । मिहेनत गरेका छौं । त्यहाँ गएर सुरुमा दिमाख खाली राखेर बल हेर्यो, रियाक्ट गर्यो । लक्की लि ग्यापमा आइराखेको थियो । त्यो कडा मिहिनेत भनौं । किनभने हामी प्राक्टिस गर्दाखेरि त्यो ग्यापमा राख्ने प्लानिङ गर्छौ । यहाँ पनि बल हे¥यो । हान्यो । प्लेसमेन्ट मात्र थियो’, उनले भने ।

प्रतिस्पर्धाले टिमलाई झन् राम्रो बनाउने अनिलले बताए । उनले भने, ‘प्रतिस्पर्धा भएको राम्रो कुरा हो । सबैले राम्रो प्रदर्शन गरेपछि झन् राम्रो हुन्छ । खेलाडीको रुपमा हाम्रो काम प्रदर्शन गर्ने, रन बनाउने बाकी जे हुन्छ हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *