कान्तिपुर पब्लिकेसन्सको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी – Nepal Press

कान्तिपुर पब्लिकेसन्सको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकै दिन प्रहरीको टोली कान्तिपुर दैनिकको केन्द्रीय कार्यालय पुगेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहित सादा पोसाकका प्रहरी पुगेका छन् । काठमाडौं प्रहरी परिसरका सादा पोसाकका प्रहरी पनि कान्तिपुर पब्लिकेसन्स पुगेका छन्।

अध्यक्ष सिरोहियाका छोरा तथा कान्तिपुरका सीईओ सम्भव सिरोहियाले प्रहरी अधिकारीसँग कुराकानी गरेका थिए ।

त्यसपछि एक प्रहरी अधिकारी कान्तिपुरको विल्डिङभित्र प्रवेश गरेका छन् । सिरोहियालाई पक्राउका लागि आएको हुन सक्ने आशंका गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर