चार नेपाली फुटबलर अष्ट्रेलिया प्रस्थान – Nepal Press

चार नेपाली फुटबलर अष्ट्रेलिया प्रस्थान

हेटौंडा । नेपाली फुटबलर पलायन हुने क्रम अन्तरगत आज चार जना फुटबलर अष्ट्रेलिया प्रस्थान गरेका छन् । आज उड्ने चार खेलाडीमा राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित विभिन्न क्लबबाट व्यावसायिक खेल खेलिरहेका सेसेहाङ आङदम्बे , सिमान्त थापा र आशिष देउला रहेका छ्न ।

अष्ट्रेलिया जाने खेलाडीमा आशिष ए डिभिजन च्याम्पियन चर्च ब्वाइ युनाइटेडका खेलाडी हुन भने नेपाल सुपर लिग अन्तरगत धनगढी एफसीका मार्की खेलाडी समेत हुन । अष्ट्रेलीया उडेका सिमान्त जाउलाखेलका कप्तान हुन भने सेसेहाङ त्रिभुवन आर्मिका खेलाडी हुन् । देउला भने एनएसएल अन्तर्गत झापाका किपर रहेका थिए ।

पछिल्लो समय नेपालमा फुटबलरको उचित भविष्य नहुँदा खेलाडीहरु धमाधम विदेशीने क्रम बढिरहेको छ । हालसम्म नेपालका ४ दर्जन भन्दा बढी खेलाडी अष्ट्रेलिया पलाएन भैसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *