यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ (भिडिओ) – Nepal Press

यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ (भिडिओ)

काठमाडौं । बङ्गलादेशमा हुने यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टीमको बिदाइ गरिएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्बाङ लगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

एन्फाका अध्यक्ष नेम्वाङले नेपाली टिमले बङ्गलादेशमा राम्रो नजिता ल्याउने विश्वास गरे ।

प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरूले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ ।

नेपालले पहिलो खेल फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर