जसपा निकट प्रेस मञ्चका केन्द्रीय उपाध्यक्ष कर्णले दिए राजीनामा – Nepal Press

जसपा निकट प्रेस मञ्चका केन्द्रीय उपाध्यक्ष कर्णले दिए राजीनामा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) निकट प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष राजेशकुमार कर्णले राजीनामा दिएका छन् ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्षसमेत रहेका कर्णले प्रेस मञ्चको केन्द्रीय उपाध्यक्ष पद त्यागेका हुन् । उनले केन्द्रीय कार्य समितिलाई बुझाएको राजीनामापत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

राजीनामापत्रमा उनले लेखेका छन्, ‘प्रेस मञ्चको संगठनसम्बन्धी कार्यमा केही अप्ठ्यारो भइरहेको गुनासो महत्वपूर्ण साथीहरुबाट आइरहेको हुनाले म अब प्रेस मञ्चमा बसिरहनुको औचित्य देखिरहेको छैन ।’

आज मञ्चको केन्द्रीय समितिको बैठक समेत हुने भएकोले राजिनामा स्वीकृतिका लागि सहजता होस् र त्यस स्थानमा अन्यलाई व्यवस्थापन समेत गर्न सकियोस् भन्ने सद्इच्छाले आजै राजिनामा गरेको कर्णले उल्लेख गरेका छन् ।

उनले भविष्यमा स्वतन्त्र पत्रकारको हैसियतले पत्रकारहरुको हकहितका लागि मञ्च र अन्यसँग सहकार्य, समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर