अफगानिस्तानको सुरुवाती झट्कापछि नेपाललाई सम्हाल्दै कप्तान देव खनाल – Nepal Press

अफगानिस्तानको सुरुवाती झट्कापछि नेपाललाई सम्हाल्दै कप्तान देव खनाल

काठमाडौं । टी-२० विश्वकप अन्तरगत समूहचरणको अन्तिम र निर्णायक खेलमा नेपाल र अफगानिस्तानले जितका लागि कठिन प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले अफगानिस्तानलाई १४५ बलमा अलआउट गर्न सफल भए पनि ब्याटिङमा संघर्ष गरिरहेको छ । फास्ट बलरलाई सहयोग गरिरहेको पीचमा १४६ रनको सामान्य लक्ष्य पनि नेपालका लागि चुनौतीपूर्ण बनेको हो ।

२४ रनमा नै तीन विकेट गुमाएर दवावमा आएको नेपाललाई कप्तान देव खनालले सम्हाल्ने प्रयास गरेका छन् । उनले सकारात्मक अन्दाजमा खेल्दै अफगानी बलरलाई दवावमा राखिरहेका छन् ।

नेपालले खराब सुरुवात गर्दै ११ रनमै पहिलो विकेट गुमाएको थियो । राम्रो फर्ममा रहेका अर्जुन कुमाल १० रन बनाएर आउट भए । उनलाई नेपालले आज तेस्रो नम्बरमा गुल्शन झालाई प्रमोट गर्यो ।

तर, झा आज पनि चलेनन् । उनी १२ बलमा १ रन मात्र बनाएर आउट भए । लगत्तै ओपनर विपिन रावल पनि आउट भएपछि नेपाल दवावमा परेको हो । रावलले १९ बल खेल्दा २ रन मात्र जोड्न सके ।

अहिले क्रिजमा कप्तान खनाललाई आकाश त्रिपाठीले साथ दिइरहेका छन् । यो समाचार बनाउँदासम्म २० ओभरमा ६४ रन जोडेको छ ।

खनालले ४८ बलमा ४ चौकासहित ३० रन बनाएका छन् भने त्रिपाठीले ३१ बलमा १३ रन जोड्दै उनलाई साथ दिएका छन् । नेपालले अब जितका लागि ३० ओभरमा ८० रन जोड्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *