प्रतिनिधिसभाको बैठक बस्दै, अवराेधकैबीच नीति तथा कार्यक्रम पारित गर्ने तयारी – Nepal Press

प्रतिनिधिसभाको बैठक बस्दै, अवराेधकैबीच नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । सहकारीसम्बन्धी संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा आज पनि कांग्रेसले अवरोध गर्ने सम्भावना रहेको छ ।

विपक्षीहरूको अवरोधबीच नीति तथा कार्यक्रममाथि छलफल चलाएर आजै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ  ।

बैठकमासभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ भनेशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले “सम्माननीय राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ।व। २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आ।व। २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिर्ने र
सभामुखले प्राप्त संशोधनहरु र सम्माननीय राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ।व। २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

 


प्रतिक्रिया

One thought on “प्रतिनिधिसभाको बैठक बस्दै, अवराेधकैबीच नीति तथा कार्यक्रम पारित गर्ने तयारी

  1. खुरूखुरू काम अघि बढाउ । काँग्रेसहरूको कुरै नसुन । दुई दिन देश लुटन नपाएर सन्तुलन गुमाएका हुन् काँग्रेसीहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर