नेपाललाई ११ रनमा पहिलो झड्का, आउट भए अर्जुन – Nepal Press

नेपाललाई ११ रनमा पहिलो झड्का, आउट भए अर्जुन

काठमाडौ । आईसीसी यू-१९ विश्वकपको पहिलो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा अहिले अफगानिस्तानसँग एक सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११ रन जोड्दा पहिलो विकेट गुमाएको छ ।

अर्जुन कुमाल १० रन जोडेर आउट भए । पाचौँ ओभरको तेस्रो बलमा उनी बोल्ड आउट भएका थिए । त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनमा अलआउट भएको थियो ।

अफगानिस्तानलाई सस्तोमा समेट्न नेपालका मिडियम पेसर आकाश चन्द एक्लैले ५ विकेट लिए । दीपेश कँडेलले २ तथा गुल्सन झा, सुबास भन्डारी र तिलक भन्डारीले एक एक विकेट लिए । ४३ रनमा ६ विकेट गुमाएको अफगानिस्तानले सातौँ विकेटका लागि ४२ र नवौँ विकेटका लागि ५५ रनको साझेदारी गरेको थियो। यो खेलमा जित हात पार्ने टोली प्रतियोगिताको दोस्रो चरण पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर