सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट खगराज हटाइए, धामीलाई जिम्मेवारी – Nepal Press

सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट खगराज हटाइए, धामीलाई जिम्मेवारी

कैलाली । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन् । माओवादी बहुमत प्रदेशसभा सदस्यहरूले भट्टलाई हटाएका हुन् । नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कल रावलले नेपाल प्रेसलाई बताए ।

धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि रावलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर