यू-१९ विश्वकपमा नेपाल: अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्ने अवसर – Nepal Press

यू-१९ विश्वकपमा नेपाल: अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्ने अवसर

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ । उक्त खेल दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा तय गर्नेछ ।
चार टोली रहेको समूहबाट शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने भएकाले नेपालको सम्भावना कायमै छ । नेपाल नेटरनरेट आधारमा अफगानिस्तानभन्दा अगाडि रहँदै तेस्रोमा छ । नेपाललाई अफगानिस्तानसंगको खेल बराबरीले पनि पुग्नेछ ।

पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित नेपाल दोस्रो खेलमा बुधबार पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो । पाकिस्तानसँग २८५ रनको लक्ष्य पाएको अफगान टोली १०३ रनमा अलआउट भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानलाई ९१ रनमा अलआउट गर्दै न्युजिल्यान्डले जीतको आधार बलियो बनाए पनि उसलाई सजिलो भने भएन । नेपालले न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य पछ्याउने क्रममा २३८ रन जोडेको थियो भने पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै १९७ रन जोडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर