कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी – Nepal Press

कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी

विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले कांग्रेसले धोका दिएको भन्दै कोशीमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा माओवादीका उमेद्वार चम्पादेवी कार्की पराजित भएपछि नेम्वांगले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका हुन् ।

उनले कांग्रेसले गठबन्धनका नाममा माओवादीलाई पटकपटक धोका दिएको बताए । उनले गठबन्धन टिकाउने नाममा कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाएको बताए ।

उनले भने, ‘अहिले पनि हाम्रा उम्मेदवार पराजित भएका छन् । पार्टी नेतृत्वले केन्द्रमा सहकार्य गरेपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’

कार्कीलाई गर्दै एमालेकी रूक्मिणी कोइराला विजयी भएकी छन् । गठबन्धनसँग बहुमत हुँदाहुँदै कार्कीले जम्मा चार हजार ९९२ मत पाएकी छन् ।

कोशीमा १६ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर कोइरालालाई मत हालेका थिए ।

 

 


प्रतिक्रिया

3 thoughts on “कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी

  1. प्रचण्डका खेतालाले सहमति भंग गर्ने धम्की दिने ? मालिक के भन्छन् सुनेका छौ?

  2. कांग्रेस माओवादी एकअर्काको दास हुन सुहाउँदैन हो त्यसो भन्न लाजमर्दो जनता हसाउने हैटं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर