राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त – Nepal Press

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार तामाङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । तामाङलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

तामाङले फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनशिपका लागि टोलीको प्रशिक्षण गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर