पाकिस्तानविरुद्ध नेपाललाई पहिलो झट्का, अर्जुन कुमाल आउट – Nepal Press

पाकिस्तानविरुद्ध नेपाललाई पहिलो झट्का, अर्जुन कुमाल आउट

काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रीकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाललाई पहिलो विकेट गएको छ । पाकिस्तानविरुद्ध नेपालले ओपनर अर्जुन कुमाललाई पहिलो विकेटको रुपमा गुमाएको हो । अर्जुन १२ बलमा ६ रन बनाएर आउट भए । नेपालले ४ ओभर ४ बलमा १ विकेट गुमाएर ३१ रन बनाएर खेलिरहेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । अर्जुनले अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर