प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: पुलिसको पाँचौं जीत – Nepal Press

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: पुलिसको पाँचौं जीत

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अपराजित यात्रा कायमै राखेको छ । पुलिसले पाँचौं खेलमा बुधबार मधेस प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

मधेशले दिएको ९७ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका सुनिल धमलाले २८, कुशल भुर्तेलले १९, अर्जुन साउदले ७ र दिलीप नाथले ४ रन बनाए । अमृत श्रेष्ठले नटआउट १५ रन र आरिफ शेखले नटआउट १६ रनको योगदान गरे ।

बलिङतर्फ मधेशका रञ्जितकुमार र अरनिको यादवले २-२ विकेट लिए ।

यसअघि मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको मधेश २४ ओभरमा ९६ रनमा समेटिएको थियो । अरनिको यादवले २३ र कप्तान हरिशंकर साहले २२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ पुलिसका सागर ढकालले ५ र ललित राजवंशीले ४ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर