न्यूजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता, सुवासले लिए वाट्सनको विकेट – Nepal Press

न्यूजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता, सुवासले लिए वाट्सनको विकेट

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

सुवास भण्डारीले नेपालका लागि पहिलो सफलता दिलाएका छन् । उनले ११औं ओभरको पहिलो बलमा ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरेका हुन् ।

१० ओभर २ बलमा न्युजिल्यान्ड १ विकेट गुमाएर ५६ रन बनाएर खेलिराखेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध न्यूजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *