प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीमाथि सुदूरपश्चिमको जित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीमाथि सुदूरपश्चिमको जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ३ ओभरमा ५ विकेटको गुमाउँदै पूरा ग¥यो। सुदूरपश्चिमका लागि शेर मल्लले ४२ रन र नारायण जोशीले २८ रनको योगदान दिए ।दुवै अविजित रहे । खडक बोहरा २१, टेक रावत १८, किरण थगुन्ना १६ र नरेन भट्ट १२ रन बनाएर आउट भए ।

बलिङतर्फ लुम्बिनीका अविशेक गौतमले ३, कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभर ४ बलमा १५८ रनमा समेटिएको थियो । लुम्बिनिका प्रज्वल थापाले ४२, मुहम्मद हुसेन २६, विराट भण्डारीले २३ र मिराज गुरुङ्ले १४ रनको योगदान दिएका थिए । सुदूरपश्चिमका नारायण जोशीले ३, भोजराज भट्ट र नरेन साउदले २–२ विकेट लिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर