सुरु भयो काठमाडौं महानगरको १४ औँ नगरसभा – Nepal Press

सुरु भयो काठमाडौं महानगरको १४ औँ नगरसभा

काठमाडौं । काठमाडौं महानगरपालिकाको १४ औँ नगरसभा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार महानगरपालिकाको १४ औं नगरसभा सुरु भएको हो ।

गत बुधबार बस्ने भनिएको नगरसभाको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

कांग्रेसका जनप्रतिनिधीहरुले कर्मचारी निलम्बन गरेको विरोधमा नगरसभामा अनुपस्थित हुने जनाएपछि बैठक अन्तिम समयमा स्थगित भएको थियो ।

मेयर बालेन साहकै सचिवालयका प्रमुखसहित तीन कर्मचारीले महानगरको निर्णय उल्टाएको भन्दै निलम्बनमा परेका थिए ।

कर्मचारी नियुक्ति विवादमा मुछिएपछि प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारी बिदामा छन् । आजको नगरसभामा कार्यवाहक प्रशासकिय अधिकृतको जिम्मेवारी शिक्षा विभागका प्रमुख सिताराम कोइरालालाई दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *