मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला सञ्जाल गठन, सबैखाले शोषण अन्त्य गर्न बेग्लै कानून माग – Nepal Press

मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला सञ्जाल गठन, सबैखाले शोषण अन्त्य गर्न बेग्लै कानून माग

काठमाडौं । मनोरञ्जन तथा सत्कार क्षेत्रलाई सुरक्षित तथा मर्यादित बनाउन बेग्लै कानुन नभएका कारण त्यस सेवा क्षेत्रमा कार्यरत श्रमिक महिलाले आर्थिक तथा अन्य प्रकारका शोषण भोगिरहेको निष्कर्ष निकालिएको छ ।

महिलाको निम्ति महिला मञ्च नेपालको आयोजनामा गोदावरीमा भएको ४ दिने कार्यशालाले सो निष्कर्ष निकालेको हो ।

मनोरञ्जन क्षेत्र (दोहरी साझ, डान्सबार , मसाज ,क्याबिन र खाजाघर) हरूलाई व्यवस्थापन र मर्यादित बनाउन बेग्लै कानुनको अनावश्यकता परेको कार्यशालाको निष्कर्ष छ ।

कार्यक्रमका मनोरञ्जन क्षेत्रका विद्यमान सवाल र श्रमिकहरूको मानव अधिकार प्रत्याभूत गर्न गठन गरेको पहिचान सञ्जालका सदस्यहरूले श्रमजीवीहरूले न्युनतम पारिश्रमिक समेत नपाउने, समाजिक सुरक्षाको सवाल बहस हुनु पर्ने बताएका थिए ।

कार्यशालामा सो क्षेत्रमा कार्यरत श्रमिकहरूले कानूनको अभाव भएकै कारण यस क्षेत्रलाई हेर्ने दृष्टिकोण र श्रमिकहरू प्रति अमानवीय हर्कत हुने बताए । देशै भरिका मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सङ्गठित तथा महिलावादी दृष्टिकोणबाट पहिचान सञ्जालको गठन भएको महिलाको निम्ति महिला मञ्च नेपालकी कार्यकारी निर्देशक सृजना पुनले जानकारी दिइन् ।

सञ्जालले महिला श्रमिकहरूको क्षमता अभिबृध्दि गर्ने, समन्वय सहकार्य गर्न ,श्रम अधिकार सुनिश्चित गर्न नीतिगतरूपमा पैरवी गर्ने लगायतका उदेश्य लिएको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा मकवानपुर, सुनसरी, काठमाडौं चितवन ,कास्की र रूपन्देही जिल्लामा कार्यरत श्रमिक महिलाहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर