सांसद थानीकाे आग्रह- कसैले झोक नदेखाई बिन्ती छ सुर्खेत विमानस्थललाई सम्पन्न गरौँ  – Nepal Press

सांसद थानीकाे आग्रह- कसैले झोक नदेखाई बिन्ती छ सुर्खेत विमानस्थललाई सम्पन्न गरौँ 

सुर्खेत । प्रतिनिधि सभा सदस्य हृदयराम थानीले हेर्न लायक कर्णाली प्रदेशलाई आकर्षक र सम्पन्न बनाउनका लागि सुर्खेतको विमानस्थलको धावन माग विस्तार गर्नुपर्ने बताएका छन् ।

मङ्गलवार वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित सुर्खेत विमानस्थल विस्तारका लागि सर्वदलीय सर्वपक्षीय बैठकमा बोल्दै सांसद थानीले सबै मिलेर उक्त विमानस्थलको कार्य सम्पन्न गर्नमा जोड दिनुपर्ने बताएका हुन् ।

उक्त विमानस्थलको धावन मार्गका लागि ३ सय मिटर विस्तारका लागि ११३ कट्टा जग्गा अधिकरण गर्नु पर्ने उनको भनाइ छ । उनले भने, ‘सबैलाई मेरा आग्रह छ । झोक कसैले नदेखाऊ, बिन्ती छ । यो विमानस्थललाई कसरी हुन्छ ? सम्पन्न गरौँ ।’

सांसद थानीले पहिलो प्राथमिकता सुर्खेतको विमानस्थल राख्न सबैलाई आग्रह गरेका छन् । उक्त विमानस्थल निर्माण गर्नका लागि आफू के गर्नपर्छ सबै गर्न तयार रहेको बताएका छन् ।

जनताको जनप्रतिनिधि भएपछि जनताका बारेमा सोच्नु पर्ने सांसद थानीले भने, ‘आफू पदमा हुँदा जे गर्दा पनि हुन्छ भन्ने नसोचे हुन्छ कसैलाई पनि छुट छैन । म शपथ प्रति जबाफदेही छु । र जनताले दिएको मतको कदर गर्नु मेरो कर्तव्य पनि हो ।’

विकास निमार्णका काममा नगरपालिकाले रोकेको भन्ने कुरालाई टार्गेट बनाइएको सांसद थानीले बताए । सुर्खेत हात हल्लाउँदैमा क्लोज भन्ने बित्तिकै हुन्छ र ? उनले भने,‘ ओपनको कुरा गर्न नपाइने हो । सुर्खेत सबैको होइन ।’

यस्तै, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले जनतालाई अन्यायमा राखेर विकास गर्न नसकिने बताए । विमानस्थल विस्तारका लागि भएको सर्वपक्षीय बैठकमा आफ्ना भनाइ राख्दै नेता कँडेलले विमानस्थल विस्तारका लागि एक स्वरले माग राख्नु पर्ने बताएका हुन् ।

नेता कँडेलले बैठकको छलफलले विमानस्थल बनाउने भन्दा पनि अहिले सरोकारवाला निकायलाई माग राख्ने प्रक्रियाको सुरुवात गरिएको भनाइ राखे । उनले जसको मनमा जे भए पनि विमानस्थल विस्तारका विषयमा सबैको मन्द विविधता भएको बताए ।

नेता कँडेलका अनुसार नयाँ विमानस्थल बनाउने नाममा भएको ईआइए प्रतिवेदनमा लेखिएको कुराले आशंका उब्जाएको भनाइ राखे । जनतालाई भइरहेको संरचनाबाट थप व्यवस्थित गरी सेवा दिनुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत विमानस्थलको ‘फाइल क्लोज’ गरेको उनले भने,‘ त्यसैले अहिले सङ्घीय सरकारमा विमानस्थल विस्तारको उचितपना पुष्टि गर्न समस्या भएको छ । त्यसका लागि यहाँबाट सबैको जनमत एक ठाउँमा हुन आवश्यक छ । सुर्खेत विमानस्थल सुर्खेती जनताले रोजेको विषय हो । अरू कसैले सोचेर आएको योजना होइन । विकास निर्माणका लागि पार्टी नहेरेर सबैको एकरूपता हुनुपर्छ ।’

त्यस्तै, पूर्व नगरप्रमुख देवकुमार सुवेदीले विमानस्थल विस्तारमा सुर्खेतवासी हिजो र आज पनि बाधक नरहेको बताएका छन् । सुवेदीले राजनीतिकर्मीलाई सुर्खेतको विकासमा धेरै रोटी नसेक्ने आग्रह गरेका छन् ।

विमानस्थल विस्तारका विषयमा पानी माथिको ओभानो बन्न खोज्नेहरूबाट केही प्रतिक्रिया आउने गरेको बताए । सुवेदीले आफू विमानस्थल विस्तार कार्यमा श्रमदान गर्न समेत तयार रहेको बताएका छन् । त्यसका लागि व्यवस्था मिलाउन वर्तमान नगरप्रमुख मोहनमाया ढकाललाई आग्रह गरे ।

उनले भने, ‘मेरो अध्यक्षतामा बसेको बैठकले विमानस्थल विस्तार कार्य नहुने निर्णय भएको हो । उति बेला जानी नजानी गल्ती भयो होला माफी चाहन्छु । त्यस बेला स्थानीयको पक्षमा निर्णय गरिएको हो । विमानस्थल विस्तार हुन नसक्ने देखिएपछि अरू बाधाहरू आएकाले जग्गा फुकुवाको बाटो खुलाएको हो ।’

छलफलमा सहभागीहरूले विमानस्थल वीरेन्द्रनगर देखि अन्यत्र सार्न नहुने भनाइ राखेका छन् । विमानस्थलको धावन मार्गका लागि ३ सय मिटर विस्तारका लागि ११३ कट्टा जग्गा अधिकरण गर्नु परेमा चलनचल्तीको रेट दिनुपर्नेमा जोड दिएका छन् । नगरपालिकाको अवधारणालाई पास गर्नु पर्नेमा जोड गरेका छन् । सुर्खेत विमानस्थल विस्तार हुनुपर्नेमा जोड गरेका छन् ।

साथै, प्रभावित क्षेत्रमा रहेको श्री अमर ज्योति नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौडेल र प्रधानाध्यापक खगेन्द्रबहादुर थापाले विमानस्थल विस्तारमा विद्यालय बाधक नबनेको बताएका छन् । तर, त्यसका लागि उचित उचित व्यवस्थापन हुनुपर्नेमा जोड गरेका छन् ।

हाल सुर्खेत विमानस्थलबाट बुद्ध एयरलाइन्स ७२ र श्रीएयरलाइन्स ८० सिटे जहाजले नियमित काठमाडौँ सुर्खेत उडान गरिरहेका छन् । तर धावनमार्ग साँघुरो भएकाले बलपूर्वक अवतरण (फोर्स ल्यान्ड) गर्नुपर्ने प्राविधिकहरूले बताउने गरेका छन् ।

बैठकमा प्रभावित क्षेत्रका अगुवा, नेपाली काँग्रेस, नेकपा एमाले, उद्योग वाणिज्य सङ्घ लगायतका राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यस्ता छन् बैठकका निर्णयहरुः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *