नेपालको समग्र समस्याको हल : एमाले एकमात्र राजनीतिक दल – Nepal Press

नेपालको समग्र समस्याको हल : एमाले एकमात्र राजनीतिक दल

बहुदलीय प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि तीन दशकभन्दा बढी समय बितिसकेको छ । पुस्तान्तरको दृष्टिले एक पुस्ताभन्दा बढी समय नेपाल र नेपालीको गुज्रिसकेको छ । लोकतान्त्रिक व्यवस्थाको यो लामो राजनीतिक अभ्यासका सन्दर्भमा आम नेपालीको जीवनमा व्यापक परिवर्तन आएको छ । तर, समयसापेक्ष र जनताको अपेक्षाअनुसार लोकतन्त्रिक मूल्य र मान्यतामा आधारित सुशासन कायम हुन नसक्दा आज आम नेपाली निराशमात्र होइन कि राजनीतिक व्यवस्थाप्रति नै व्यापक प्रश्न उठाउन थालेका छन् । यस किसिमका प्रश्नहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको दार्शनिक आधारमा राज्य सञ्चालन गर्ने राजनीतिक दलको पनि गम्भीर ध्यानाकर्षण भएको छ ।

यस सन्दर्भमा राजनीतिक दलले आफ्नो राजनीतिक दर्शन, सैद्धान्तिक एव वैचारिक आधार, एवं नीति र कार्यक्रमा प्रष्टता ल्याउँदै इमान्दारिताका साथ देशमा सुशासन कायम गर्न लागी पर्नु पर्ने आवश्यकता छ । देश र जनताप्रति उत्तरदायी र जिम्मेवार राजनीतिक दलले मात्र यस किसिमको सन्दर्भमा आफ्नो समालोचनात्मक समीक्षा गर्ने र तत्काल सुधारका लागि अगाडि बढ्न क्रियाशील रहन्छ । यो लेख यही मान्यताका आधारमा नेकपा एमालेको स्थापना, ऐतिहासिक विकास, राजनीतिक दर्शन र सिद्धान्त, नीति र कार्यक्रम, सोंचविचार र व्यवहार एवं वर्तमान अवस्थाबारे समालोचनात्मक समीक्षा गर्दै यससँग आवद्ध सम्मानित वरिष्ठ नेतृत्वको योगदानसँगै देश र जनताको उज्जवल भविष्यका लागि यसमा लागिरहेका युवाहरूको उत्साह र आकर्षणका विषययमा प्रष्ट पार्न तयार गरिएको हो । यसबाट नेकपा एमाले भविष्यमा अझ सुदृढ, संगठित र क्रियाशील बन्दै देश र जनताको समृद्धिमा निरन्तर लाग्न प्रेरणा र स्पष्टता हुन सहयोग पुग्ने विश्वास छ ।

सरकार र राजनीतिक दलले गर्नुपर्ने र गर्ने गरेको शासनपद्धतिसँग जोडिएको सेवाप्रवाहमा हुनु पर्ने सुशासनसँग सम्बन्धित छ । यो कुरा वास्तवमा राजनीतिक दल र सरकारसँग जोडिएको छ । नेकपा एमालेले यो कुरालाई राम्रोसँग बुझेको छ र सुशासन कायम गर्न प्रतिवद्ध छ ।

नेपालको वर्तमान सन्दर्भमा राजनीतिक दलहरू र उनीहरूको शासन पद्धतिप्रति उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिई राजनीतिक दल र नेतृत्वमा उपयुक्त र आवश्यक सुधार ल्याई देश र जनताको हितमा कार्य गर्न समर्पित हुने राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लनिनवादी) नै हो भन्ने ऐतिहासिक रूपमा नै पुष्टि भइसकेको छ । यसको पछिल्लो प्रमाण दोस्रो संघीय चुनावपछिका दिनहरूमा आफ्नो दलको र नेतृत्वको समग्र समीक्षा र मूल्यांकन गर्दै भविष्यको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायतका रणनीति तय गर्न आम नेपालीको घरदैलोमै पुगेर उनीहरूका समस्याहरू सुन्ने, बुझ्ने, मनन गर्ने र त्यसलाई व्यवहारमा उतार्ने नेकपा एमालेको प्रतिवद्धता रहेको हुन्छ भन्ने कुरा भर्खर सम्पन्न भएको नेकपा एमाले महाकाली-मेची अभियानबाट पनि पुष्टि हुन्छ । त्यतिमात्र होइन नेकपा एमालेको ७५ वर्षको ऐतिहासिक अवधिमा २०४६ पछिको बहुदलीय प्रजातान्त्रिक व्यवस्था र पछिल्लो समयको संघीय लोकतान्त्रिक गणतन्त्रमा नेकपा एमालेको नेतृत्वमा जनताको पक्षमा भएका जनहितका कामबाट पुष्टि भएको छ । नेकपा एमालेको सुरूवाती सरकारले सुरूवात गरेको आफ्नो गाउँ आफै बनाउँ साथै वृद्धभत्ताको सुरूवात, अभ्यास र त्यसको नेपाली जनतामा परेको प्रभाव नेकपा एमालेप्रतिको जनताको साथ, समर्थन र सहयोगबाट नेकपा एमालेको लोकप्रियता पटक पटकको स्थानीय देखि केन्द्रसम्मको निर्वाचनमा प्रतिविम्बित भएकै छ । यस सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएको छ कि एमाले सरकारमा छँदा कसैले मेट्न नसक्ने ऐतिहासिक काम भएका छन् । यसकारण पनि नेकपा एमाले आम नेपालीवीच लोकप्रिय छ र हुन्छ भन्ने कुरामा कुनै द्विविधा छैन ।

नेकपा एमाले जनताबीच लोकप्रिय छ भन्ने कुराको सवैभन्दा पछिल्लो प्रमाण संघीय लोकतान्त्रिक गणतन्त्रपछिको पछिल्लोपटक सम्पन्न निर्वाचनमा नेकपा एमालेले पाएको लोकप्रिय मतपरिणाम हो । नेकपा एमालेको यो लोकप्रियताको आधार यसको चुस्तदुरुस्त सांगठनिक संरचना र यसमा आधारित कार्यकर्ताको योगदानको उचित मूल्यांकन र कदर गर्ने परिपाटी नै हो । त्यसमा पनि नेकपा एमाले सरकारमा रहँदा यसले सञ्चालन गर्ने कार्यक्रम सामाजिक लोकतन्त्रमा आधारित राजनीतिक दर्शन र मान्यताअनुसार हुन् र सो अनुसार सिर्जना हुने अवसरहरूमा क्षमता र योगदानका आधारमा अवसर दिनु नै हो । यसरी पार्टीमा योगदान गर्ने नेतृत्व र कार्यकर्तालाई अवसर दिँदा आम नागरिकलाई समान किसिमको लाभ हुने सामाजिक न्यायको सिद्धान्तमा आधारित भई दिइएको हुन्छ । यसले नेकपा एमालेसँग आवद्ध कार्यकर्ता एवं आम नेपालीलाई समान दृष्टिकोण र व्यवहार गर्दछ ।

सामाजिक लोकतन्त्रको सिद्धान्तको आधारमा समाजमा आर्थिक समानता कायम गर्दै सामाजिक न्याय स्थापनाका लागि नेकपा एमाले सदैव तत्पर छ । नेकपा एमाले आफ्नो राजनीतिक दर्शन, सिद्धान्त, विचार, व्यवहार र कार्यक्रममा स्पष्ट छ र सोही अनुसार यसले तय गर्ने नीति र कार्यक्रम पनि स्पष्ट नै हुन्छ र त्यो देश र जनताको पक्षमा हुन्छ । नेपालको सन्दर्भमा वर्तमानमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, जातीय लगायतका मुद्दाहरूमा नेकपा एमालेको आफ्नो प्रष्ट दृष्टिकोण छ । यसकारण सरकारमा हुँदा र नहुँदा नेकपा एमाले दलको र विभिन्न तहको नेतृत्वको सोंच, विचार, व्यवहार र प्रवृत्तिमा कुनै फरक हुँदैन । यसर्थ नेकपा एमाले एकजुट छ, सशक्त छ, क्रियाशील छ, र हरपल जनतको साथमा छ ।

दोस्रो संघीय चुनावपछिका दिनहरूमा आफ्नो दलको र नेतृत्वको समग्र समीक्षा र मूल्यांकन गर्दै भविष्यको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायतका रणनीति तय गर्न आम नेपालीको घरदैलोमै पुगेर उनीहरूका समस्याहरू सुन्ने, बुझ्ने, मनन गर्ने र त्यसलाई व्यवहारमा उतार्ने नेकपा एमालेको प्रतिवद्धता रहेको हुन्छ भन्ने कुरा भर्खर सम्पन्न भएको नेकपा एमाले महाकाली-मेची अभियानबाट पनि पुष्टि हुन्छ । त्यतिमात्र होइन नेकपा एमालेको ७५ वर्षको ऐतिहासिक अवधिमा २०४६ पछिको बहुदलीय प्रजातान्त्रिक व्यवस्था र पछिल्लो समयको संघीय लोकतान्त्रिक गणतन्त्रमा नेकपा एमालेको नेतृत्वमा जनताको पक्षमा भएका जनहितका कामबाट पुष्टि भएको छ । ने

नेकपा एमाले कम्युनिष्ट जगमा स्थापित लोकतान्त्रिक राजनीतिक दल हो । यसको दार्शनिक र सैद्धान्तिक आधार मार्क्सवाद र लेनिनवादमा रहेको छ । उक्त राजनीतिक दर्शनका आधारमा समाजमा विद्यमान सामाजिक आर्थिक असमानताको अन्त्य गरी समाजवाद स्थापना गर्नु नै यो पार्टीको मुख्य लक्ष्य हो । त्यसका लागि वर्ग संघर्ष नै यसको मुख्य माध्यम हो भन्ने माक्र्सवादी आधारलाई लोकतन्त्रको मान्यता अनुसार परिमार्जन गर्दा निर्वाचन, प्रतिस्पर्धा र सरकार निर्माण नेकपा एमालेको पछिल्लो समयको राजनीतिक अभ्यास रहेको छ । यो अभ्यास वास्तवमा जनताको बहुदलीय जनवाद केन्द्रित छ र पार्टीका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका दृष्टिकोण र धारणाहरू निर्माण भएका छन् । नेकपा एमालेको आजको यो परिष्कृत राजनीतिक दर्शन र सिद्धान्त बुझ्दै त्यसकै जगमा नेकपा एमालेसँग आवद्ध युवाहरूसमेत उक्त विषयमा प्रष्ट भइ राजनीतिक रूपमा सक्रिय हुँदै नेपाल र नेपालीको सम्वृद्धिका लागि क्रियाशील हुनुपर्ने आवश्यकता छ । यसर्थ आज नेपालमा खट्किएको नेपाली र नेपालीको सम्वृद्धिका लागि इमान्दारिताका साथ क्रियाशील हुने दल नेकपा एमाले नै हो भन्ने कुरालाई आत्मसात गर्दै आगामी दिनमा निम्न पक्षमा ध्यान दिई प्राथमिकताका साथ अगाडि बढ्नुपर्ने आजको नेपालको आवश्यकता हो ।

१. राजनीतिक दर्शन र सिद्धान्तमा आधारित राजनीतिक प्रशिक्षणः

नेपालको वर्तमान सन्दर्भमा राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गएका समाचार र भनाईहरू व्यापक भएको देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यससँगै बनेको नेपालको संविधान २०७२ मा अधारित तीन तहका निर्वाचानबाट निर्मित तीनै तहका सरकारको काम र शासनबाट नेपाली जनता सन्तृष्ट भएनन् । देशमा कुशासन र भ्रष्टाचार बढेको र आम नागरिकले सामान्य सेवा सुविधामासमेत भोग्नु परेको ढिलासुस्ती र कठिनाईले विद्यमान राजनीतिक व्यवस्था र दलप्रतिको विश्वास घट्न गएको छ । यस सन्दर्भमा नेकपा एमालेले नेता कार्यकर्तालाई राजनीतिक दर्शनमा आधारित विभिन्न किसिम र तहका प्रशिक्षण कार्यक्रम आयोजना गरी राजनीतिक रूपमा सचेत जनसमुदाय तयार गर्दैछ ।

२. नेता-जनता सम्वाद र सम्बन्ध कार्यक्रममा जोड :

राजनीतिक दलको राजनीतिक कार्यक्रम, सचेतना अभियानलगायतका कार्यक्रम नेता-नेता र नेता कार्यकर्तावीच सिमित छ । नेकपा एमालेको राजनीतिक दृष्टिकोण र यसले गर्ने कामका बारेमा नेतृत्व तहको सम्वाद र छलफललाई नेता-जनता तहमा केन्द्रित गर्ने र जनताको वास्तविक आवश्यकता र समस्यामा आधारित सम्वादबाट उक्त समस्या हल गर्ने योजना हुनु आवश्यक छ । नेकपा एमालेको मध्य पहाडी राजमार्ग सम्वृद्धिका लागि संकल्पको यात्रा वास्तवमा यही नेता-जनता सम्वाद र सम्बन्धमा जोड दिइएको कार्यक्रम हो । यसले एक तहमा नेकपा एमालेलाई जनताको तहमा पुर्‍याएको छ भने यो भन्दा पनि प्रभावकारी हुनेगरी जनताकेन्द्रित सम्वाद र सम्बन्धलाई अझ सवल बनाउँदै जानु पर्दछ ।

३. स्थानीय जनताको आवश्यकता र समस्यामा साथः

जनताको सेवा गर्नका लागि सरकारमै रहनु पर्दछ भन्ने हुँदैन । नेकपा एमालेको वडा र टोल तहमा विस्तारित र संगठित दलका नेता कार्यकर्ता जनताको आवश्यकता र समस्यामा हरपल साथ सहयोग दिन सक्दछन् । हरेक टोल र वडाका नेकपा एमालेका नेता कार्यकर्ता पार्टीको राजनीतिक दर्शन र सिद्धान्तका आधारमा नेपालकको सन्दर्भमा क्रियाशील रहने हो भन्ने नेपाली जनतालाई एमालेको राम्रो साथ सहयोग हुन्छ र भइरहेको पनि छ । नेपालका विभिन्न स्थानमा बसोवास गर्ने जनताको आवश्यकता र समस्या फरक फरक छ । यसलाई स्थानीय तहमा बुझ्न र समाधान गर्नका लागि जनकेन्द्रित अभियान अगाडि बढाउँदा जनताको समस्या हल हुन्छ, आवश्यकता पूर्ति हुन्छ र नेकपा एमालेको जग र संरचना पनि अझ बलियो बन्दछ ।

४. नेतृत्वको संकल्प, कार्यकर्ताको साथ र जनताको समर्थनः

राजनीतिक दर्शनमा आधारित पार्टीको संकल्प बनाउने, उक्त संकल्पमा कार्यकर्ताको साथ लिने र संकल्प पूरा गर्न जनताको समर्थन लिने कार्यक्रम आवश्यक छ । नेकपा एमालेको संकल्पलाई अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व लिई बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको यात्रा जनताका आवश्यकता र समस्याको पहिचान र समाधानका लागि थियो । यसले नेकपा एमालेलाई जनतासम्म पुर्‍याउने र सम्बन्ध निर्माण गर्नेमात्र काम गरेन कि जनताका आवश्यकता र समस्यालाई उच्च नेतृत्वले नजिकबाट बुझ्ने अवसर प्रदान गर्‍यो । जनताको पक्षमा बोल्ने र काम गर्ने दृष्टिकोणले यसको प्रभाव प्रत्यक्ष रूपमा सरकार र संसदसम्म पुग्दछ । सरकार र संसदमा पर्ने सकारात्मक प्रभावबाट जनताका आवश्यकता पुरा हुने र समस्या समाधान हुन सक्दछ ।

५. नेकपा एमालेको राजनीतिक दर्शन र कार्यक्रमबीच तालमेलः

नेकपा एमालेका धेरै नेता कार्यकर्तालाई पार्टीको राजनीतिक दर्शन, दल एवं सरकारका कार्यक्रमहरूको बीचमा तालमेल छ कि छैन भन्ने विषयमा कुनै किसिमको बहस भएको देखिँदैन । यसको असन्तृष्टि बरु जनताको तहमा देखिन्छ । नेपालका कमजोर वर्गको हितमा काम गर्ने राजनीतिक दल नेकपा एमालेले आफ्नो राजनीतिक दर्शनलाई प्रष्ट पार्ने र त्यो अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा दल र सरकारले तय गर्ने नीति र कार्यक्रमको वीचमा अत्यन्तै नजिकको सम्बन्ध हुन्छ । यो कुरा आम नेता कार्यकर्तालाई प्रष्ट हुनु पर्दछ । यसका लागि पनि नेतृत्व, कार्यकर्ता र जनतावीचको सम्वाद र छलफल गर्नु अत्यन्तै जरुरी हुन्छ ।

६. युवा नेतृत्व विकास केन्द्रित तालिम र प्रशिक्षण :

आजको सन्दर्भमा आम नेपालीहरू युवा र सशक्त नेतृत्वको पनि कुरा उठाइरहेका छन । नेकपा एमालेको वरिष्ठ नेतृत्वकै पहलमा युवा नेतृत्वको विकासमा समयमै ध्यान दिनु आवश्यक हुन्छ । दलका नेता कार्यकर्ता सरकार, संसद, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका क्षेत्रमा नेतृत्व लिनुपर्ने हुन्छ । यसकारण धेरै संख्याका सक्षम नेतृत्व आवश्यक पर्ने नेकपा एमालेजस्तो संगठनमा ठूलो संख्यामा युवा नेतृत्वको क्षमता विकासमा जोड दिनु पर्दछ । यसका साथै युवाहरूलाई आफ्नै रुचि र क्षमताको आधारमा काम गर्ने वातावरण सिर्जना गर्नु पर्दछ । समय सान्दर्भिक तालिम र प्रशिक्षणबाट युवालाई कुनै न कुनै उद्यम व्यवसाय गर्न सक्ने बनाउनु पर्दछ । युवाहरू बेरोजगार हुँदा राजनीतिक दलमा त्यसको नकारात्मक असर पर्दछ ।

७. जनताको चाहना सुशासनको कामना :

आज आम नेपालीको चाहना रोजगारी, आम्दानी र सेवा सुविधाभन्दा पछि सरकारले दिने सेवा सुविधामा सहजता र सरलता होस भन्ने रहेको प्रष्ट छ । देशमा सुशासन कायम होस र भ्रष्टाचार नहोस भन्ने मात्र छ । जनताको आवाज सुन्दा सरकारी, गैरसरकारी एवं निजी संघ संस्था र क्षेत्रबाट नागरिकले पाउने सेवा सुविधा कानून, ऐन र नियमानुसार सहज र सरलताका साथ पाउने प्रकृया र अभ्यास हुनुपर्‍यो भन्ने देखिन्छ जबकि सरकारी, गैरसरकारी, एवं नीजी संघ संस्थाको उद्देश्य र उत्तरदायित्व नै नागरिकलाई सेवा सुविधा दिनु नै हो । शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रका संघसंस्था र सरकारी कार्यालयबाट नागरिकले पाउने नागरिकता प्रमाणपत्र, राहदानी, लगायत अन्य आधारभूत सेवाको सहज उपलब्धता पनि नेपाल सरकार, राजनीतिक दल र संघ संस्थाले दिन नसक्नु नै आजको मुख्य समस्या हो । यसबाट नेपालमा सुशासन नै मुख्य समस्या हो भन्ने देखिन्छ । नेकपा एमाले यो समस्या समाधानमा प्रष्ट छ ।

८. व्यवस्थित स्वदेशी एवं वैदेशिक रोजगारी :

संसारसँग जोडिएको हुनाले नेपालीहरूले नेपालमै मात्र रोजगारी पाउनु पर्दछ पनि भनिरहेका छैनन् । जनताले उठाएका मुद्दाहरू सुन्दा नेपालमा विकासका पूर्वाधार समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुन सकुन भन्ने छ भने वैदेशिक रोजगारीमा जाने नेपालीका लाीग काम, आम्दानी र जीवनको सुरक्षा सुनिश्चित हुने व्यवस्था होस् भन्ने रहेको छ । रोजगारीबाहेक अध्ययन र भ्रमणका लागि विदेश जाने नेपालीका लागि पनि सहज प्रक्रिया होस् र त्यो व्यवस्थित होस् भन्नेमात्र छ । यो कुरा पनि सुशासनसँग जोडिएको छ । यसकारण सरकार र राजनीतिक दलले गर्नुपर्ने र गर्ने गरेको शासनपद्धतिसँग जोडिएको सेवाप्रवाहमा हुनु पर्ने सुशासनसँग सम्बन्धित छ । यो कुरा वास्तवमा राजनीतिक दल र सरकारसँग जोडिएको छ । नेकपा एमालेले यो कुरालाई राम्रोसँग बुझेको छ र सुशासन कायम गर्न प्रतिवद्ध छ ।

यसरी नेपालको सन्दर्भमा आज नेकपा एमाले नै यस्तो राजनीतिक दल हो जसले आम नेपालीका आवश्यकता र समस्यालाई बुझ्ने र समाधान गर्ने क्षमता राख्दछ । आम नेपालीको बीचमा लोकप्रिय राजनीतिक दल नेकपा एमालेले आफ्नो राजनीतिक दर्शनमा आधारित नीति र कार्यक्रमलाई अगाडि बढाउनुको साथै नेता, कार्यकर्ता र जनतावीचको सम्बन्धलाई बलियो बनाउँदै नेपाल र नेपालीको समृद्धिका लागि काम गर्नुपर्ने जरुरी छ ।

(लेखक थापा त्रिभुवन विश्वविद्यालयका पीएचडी स्कलर हुन् । )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *