राष्ट्रिय भलिबल: एपीएफ र आर्मी सेमिफाइनलमा प्रवेश – Nepal Press

राष्ट्रिय भलिबल: एपीएफ र आर्मी सेमिफाइनलमा प्रवेश

सुर्खेत । सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपीएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा एपीएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो । एपीएफले २५-१७, २५-१५, २२-२५ र २५-२० सेटमा पुलिस क्लवलाई हराएको हो । एपीएफले ३ खेलबाट ९ अंक जोडेको छ ।

सोमबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले सान्त्वना जीत पायो । सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३-१ को सेटमा हराएको हो । सुदूरपश्चिमले कर्णालीलाई २५-२१, २१-२५, २५-१८ र २५-२३ अंकले हराएको थियो ।

एक खेल जितेको कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशको सामना गर्नेछ । समूह ‘बी’मा गण्डकी र त्रिभुवन आर्मी क्लबको समान ६ अंक छ । सुदूरपश्चिमको ४, कर्णालीको ३ र मधेशको १ अंक छ ।

त्यस्तै समूह ‘ए’ पहिलो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ३-१ ले हरायो। लुम्बिनीले कोशीलाई २५-१५, २१-२५, २५-१३ र २५-२१ अंकले पाखा लगाएको हो ।

गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले गण्डकीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले ३१-२९, २५-२१ र २५-२१ ले खेल आफ्नो पक्षमा पारेको छ ।

अपराजित आर्मीको तीन खेलबाट ९ अंक पुगेको छ । पहिलो हार व्यहोरेको गण्डकीको ३ खेलबाट ६ अंक छ । मंगलबार आर्मी र मधेश प्रदेश आमनेसामने हुनेछन् । त्यस्तै कर्णाली प्रदेशसँगको खेलमा जीत निकाले गण्डकी सेमिफाइनलमा पुग्नेछ ।

समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *