प्रधानाध्यापक छनोट स्थानीय तहबाट हुनुपर्ने र सामुदायिक विद्यालयको नाम संशोधनको माग – Nepal Press

प्रधानाध्यापक छनोट स्थानीय तहबाट हुनुपर्ने र सामुदायिक विद्यालयको नाम संशोधनको माग

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले प्रधानाध्यापक छनोट गाउँ तथा नगर कार्यपालिका स्तरबाट हुनुपर्ने तथा सामुदायिक विद्याललयको नामसमेत संशाेधन गनुपर्ने बताएको छ ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैंठकमा महासंघले आफ्ना विषयगत कुराहरु राख्दै सामुदायिक विद्यालय सुधारदेखि प्रधानाध्यापक नियुक्तिसम्मका लिखित सुझावहरु पेश गरेको हो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तनले सामुदायीक विद्यालयको नाम संसोध गर्नुपर्ने आवश्यक रहेको बताए ।

‘प्रधानाध्यापक छनोटको विषय संसोधन गर्नुपर्ने देखिन्छ । क्षमतावाहान र सक्षम प्रधानाध्यापक ल्यउने कुरा स्वागतयोग्य हो । छनोट कसरी र कसले गरेछ । प्रधयानध्षापक जिल्ला स्तरिय होइन कार्यपालिका स्तरियमा लैजाऔ । प्रमुश प्रसासनिक अधिकृत मार्फत गरौं’, अध्यक्ष मोक्तानले भने ।

अध्यक्ष मोक्तानले समितिको बैंठकमा विद्ययमान सामुदायीक विद्यालयहरुको अवस्था र स्रोतहरुको व्यवस्थापनमा जोड दिँदै विषयगत सुझावहरु पेश गरे ।

अध्यक्ष मोक्तानले भने, ‘सामुदायीक विद्यायलाई सार्वजनिक विद्यालय भन्दा टाढा हुन्छ । समुदायको अपनत्वका लागि नाम संसोधन आवश्यक छ । शिक्षा विद्येयकमा आएको अंगे्रजीमा पढाइ हुनुपर्ने कुरामा संसोधनका लागि अभिभावकको सुझावमा जानुपर्छ । संघबाट आदेश दिएर हुदैन । अभिभावकले जुन भाषामा पढाउन चाहान्छ त्यो भाषाको छनोट समुदायलाई दिनुपर्छ ।’

‘सामुदायिक विद्यालयमा पैसा तिर्नु हुदैन निजीमा गएर तिर्नुपर्छ भनेको के हो ? सरकारले विद्यालयलाई चल्ने समेत पैसा दिएको छैन । कहि सामुदायीक विद्यालयहरुले देउसी खेलेर, स्थानीय तहलाई गुहारेर तथा विभिन्न संस्थाबाट विद्यालय सञ्चालन गिरिहेका छन् । यसको अवस्था कस्ले बुझिदिने ?’, उनले भने, ‘निःशुल्क शिक्षा सबैतिर लागू गरौ । यसका लागि नितिगत सहजिकरण गरिदिनुपर्यो ।’

त्यस्तै, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका सचिव काशिनाथ दंगालले गुणस्तरीय शिक्षकबिना गुणस्तरीय शिक्षा सम्भव नरहेका बताए ।

सचिव दंगालले भने, ‘विद्यालयहरुको पाठ्यपुस्तक र पोसाकले गर्दा बालबालिकाहरुको मनोविज्ञानमा असर परेको छ । सानै उमेरका बालबालिकाहरुमा मतभेद सृजना गरिरहेको छ यसले । देरभरका पोसाकमा समानरूपता ल्याउनुपर्छ । विद्यालयका किताब र पोसाक दैशैभरी एउटै भए राम्रो हुन्थ्यो । यस कुरालाई पनि सबैले मनन गर्नुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *