मध्यरातसम्म बैठक बस्दा पनि मिलेन भागबण्डा, भोलि बिहान टुंग्याउने दाबी – Nepal Press

मध्यरातसम्म बैठक बस्दा पनि मिलेन भागबण्डा, भोलि बिहान टुंग्याउने दाबी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अबेर राती सम्पन्न सत्त गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेन ।

राष्ट्रियसभा निर्वाचनको सीट बाँडफाँडमा कुरा नमिलेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र भोलि बिहान बस्ने अर्को बैठकले सबै कुरा टुङ्गो लगाउने बताए ।

आजको बैठकमा धेरै कुरा मिलिसकेको र भोलि टुंगो लगाएर पर्सि मनोनयन दर्ता हुने बताए ।

यसअघि नेकपा एसका नेताहरू कुरा नमिलेको भन्दै हिँडेका थिए । त्यसअघि सीके राउत, महन्थ ठाकुर र चित्रबहादुर केसी ४ घण्टा गठबन्धन बैठकमा सहभागी भएका थिए ।

अहिलेको परिस्थितिमा राप्रपासँग चुनावम गठबन्धन हुने संभावना नरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर