तस्बिरमा हेर्नुहोस् ‘टोपी दिवस’ – Nepal Press

तस्बिरमा हेर्नुहोस् ‘टोपी दिवस’

काठमाडौं । काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन लगायतका क्षेत्रमा औपचारिक कार्यक्रम गर्दै ‘राष्ट्रिय पोसाक तथा टोपी दिवस’ मनाइएको छ ।

हरेक वर्ष जनवरी १ मा मनाइने यो दिवस पाटनमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र वसन्तपुरमा जागरुक युवा अभियान नेपालले दिवस मनाएका हुन् ।

पाटनमा भएको कार्यक्रममा प्राध्यापक डा. दयाराम श्रेष्ठलाई राष्ट्रिय धरोहर पुरस्कारबाट सम्मानीत गरिएको छ । यस्तै गायका तथा सारंगीबाधक वर्त गन्धर्वलाई युवा प्रोत्साहन पुरकार प्रदान गरिएको छ ।

बसन्तपुरमा जम्मा भएका अभियन्ताहरुले राष्ट्रिय पहिचान संकटमा परेको भन्दै यसलाई बचाउन आव्हान गरेको संस्थाका संस्थापक अध्यक्ष रामजी बलामीले जानकारी दिए ।

हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि ‘नेपाली टोपी’ दिवस मनाउँदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर