कांग्रेसको ‘मेलमिलाप दिवस’ मै पूर्वाग्रह, सबै दललाई बोलाउँदा रास्वपा र राप्रपालाई छैन निम्तो (भिडिओ) – Nepal Press

कांग्रेसको ‘मेलमिलाप दिवस’ मै पूर्वाग्रह, सबै दललाई बोलाउँदा रास्वपा र राप्रपालाई छैन निम्तो (भिडिओ)

मीन विश्वकर्मा भन्छन्- उनीहरु हाम्रो मापदण्डमा परेनन्

काठमाडौं । नेपाली कांग्रेसले भोलि मेलमिलाप दिवस मनाउँदैछ । मेलमिलाप दिवस भव्यरूपमा मनाउने भन्दै कांग्रेसले ठूला सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ । तर, प्रतिनिधिसभाको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने बोलाएको छैन ।

कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएको भएकाले रास्वपा नपरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै क्रममा रास्वपालाई आमन्त्रण नगरिएकोबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भने, लोकतन्त्रका लागि योगदान पुर्‍याएका १२ बुँदे समझदारीमार्फत् नेपालमा राजनीतिक स्थिरताका लागि आन्दोलन गरेका र वृहत् शान्ति सम्झौतामार्फत् आन्दोलन अन्त्य गरेका पक्षहरुका बीचमा एउछा अन्तक्रिया गरेका छौं। रास्वपामात्रै होइन यो मापदण्डमा नपरेकाहरूलाई बोलाएका छैनौं ।

उनले आफ्नो मादपण्डमा परेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई बोलाएको बताए । दलको आकारको कारण नभएर मापदण्डभित्र नपरेकाले छुटेको विश्वकर्माको प्रष्टीकरण थियो ।

यस्तै, कार्यक्रममा राप्रपालाई पनि आमन्त्रण नगरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।


प्रतिक्रिया

2 thoughts on “कांग्रेसको ‘मेलमिलाप दिवस’ मै पूर्वाग्रह, सबै दललाई बोलाउँदा रास्वपा र राप्रपालाई छैन निम्तो (भिडिओ)

  1. यो लुटेराहरूको पार्टी हो । यसले दिल्लीका एजेण्टलाई मात्र आफ्नो ठान्छ । एमाले यो कार्यक्रममा फिट हुँदैन । वहिस्कार गरिदिए हुन्छ । रास्वपा अब काँग्रेसको काल बनेर आउँदैछ । काँग्रेस अब सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर