नेपाल सुपर लिगमा आजबाट प्ले अफ, फाइनल पुग्न पोखरा र धनगढी भिड्दै – Nepal Press

नेपाल सुपर लिगमा आजबाट प्ले अफ, फाइनल पुग्न पोखरा र धनगढी भिड्दै

काठमाडौं। काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबलमा सोमबारदेखि प्ले अफ सुरु हुँदै छ। दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने पहिलो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन्।

लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। यो खेलको विजेता फाइनल पुग्ने छ। तर पराजित हुने टोलीको यात्रा भने सकिने छैन।

मंगलबार काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच हुने एलिमिनेटरको विजेतासँग उसले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने छ।

प्रतियोगितामा विरगन्ज युनाइटेडका विलियम ओपोकु र पोखरा थन्डर्सका मोजेज जी तुमले सर्वाधिक समान ५र५ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर