जाजरकोटमा अस्थायी आवास निर्माण गर्दै तरुण दल (भिडिओ) – Nepal Press

जाजरकोटमा अस्थायी आवास निर्माण गर्दै तरुण दल (भिडिओ)

सुर्खेत । नेपाल तरुण दलले जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण कार्य सुरु गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित ठाउँमा अस्थायी आवास निर्माण कार्य सुरु गरेको हो ।

बिहीबार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर–१ र ३ १७ वटा अस्थायी आवाज निर्माण गरेको छ ।

त्रिपालको सहारमा रात गुजादै आएका भूकम्प पीडितको घाउमा मलम लगाउन उद्देश्य अस्थायी आवाज निर्माण गर्न थालेको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले नेपाल प्रेसलाई जानकारी दिए ।

जाजरकोट र रुकुम पश्चिम गरेर १ सय वटा अस्थायी आवास निर्माण गर्ने अध्यक्ष विष्टले बताए ।

देशभरका ६० जना तरुण दलकाका टोली अस्थायी आवास निर्माणमा जुटेका छौं,ञउनले भने काठमाडौँबाट २५ जना, कर्णालीबाट २० जनासहित डकर्मीको टोली र अन्य जिल्लाबाट पनि तरुण दलका साथिहरु सहित ६० जना अस्थायी आवाज निर्माणमा जुटेका छौं ।, आज १७ घर निर्माण भयो । भोलि ३० घर बनाउन्ने लक्ष्य छ ।

चिसोमा त्रिपाल मुनि बस्दै आएका बालबालिका, गर्भवती र वृद्धवृद्धाका लागि भएपनि सेवाको भावनाले तरुण दल आवास निर्माणमा जुटेको विष्टले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर