तीन महिनापछि हुने रुसको राष्ट्रपति चुनावमा पुटिनको स्वतन्त्र उम्मेदवारी – Nepal Press

तीन महिनापछि हुने रुसको राष्ट्रपति चुनावमा पुटिनको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । आगामी मार्च महिनामा हुने रुसको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

उनको उम्मेदवारी रुसको सत्ताधारी दल युनाइटेड रसिया पार्टीले पनि साथ दिएको छ ।

आइतबार रुसमा भएको एक कार्यक्रममा सत्ताधारी पार्टीका अध्यक्ष डिमित्र मेदभेदेवले पुटिनको स्वतन्त्र उमेदवारीलाई समर्थन गर्ने घोषणा गरेको हो ।

पुटिनले पनि सत्ताधारी दलको समर्थनलाई स्वागत गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार रुसका विभिन्न सेलिब्रेटी, कलाकार, खेलाडीहरु आदिले केहि समय अगाडि पुटिनको स्वतन्त्र उमेदवारीलाई समर्थन गरेका थिए ।

आगामी मार्चमा हुने राष्ट्रपतीय चुनावबाट फेरि पुटिन नै आउने पक्कापक्की छ । त्यो सँगै पुटिन रुसको पाँच कार्यकाल राष्ट्रपति हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर