नोभेम्बरमा भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो – Nepal Press

नोभेम्बरमा भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो

काठमाडौं । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा भारतको समग्र निर्यात करिब ६२.५८ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

जुन गत वर्षको तुलनामा १.२३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा १४ अर्ब ३६ करोड डलरको तुलनामा अप्रिलदेखि नोभेम्बरसम्ममा विद्युतीय वस्तुको निर्यात २३.५६ प्रतिशतले बढेर १७ अर्ब ७४ करोड डलर पुगेको छ ।

यसैबीच अप्रिलदेखि नोभेम्बरसम्मको समग्र व्यापार घाटा गत वर्षको १०० अर्ब ३८ करोड डलरको तुलनामा यस वर्षको सोही महिनामा ३८.७९ प्रतिशतले बढेर ६१ अर्ब ४४ करोड डलर पुगेको छ ।

व्यापार घाटा पनि अप्रिल–नोभेम्बर २०२२ को १८९.२१ बिलियन डलरबाट सन् २०२३ को अप्रिल–नोभेम्बरमा १६६.३५ बिलियन डलरमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर