सोभियत संघ विघटनपछि पश्चिमा देश रुसलाई टुक्रा टुक्रा गर्न चाहन्थे: पुटिन – Nepal Press

सोभियत संघ विघटनपछि पश्चिमा देश रुसलाई टुक्रा टुक्रा गर्न चाहन्थे: पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले सोभियत संघको पतनपछि पश्चिमा शक्तिले रुसलाई टुक्रा टुक्रा पार्न चाहेको बताएका छन् । टुक्रा टुक्रामा विभाजन भएको रुसले पश्चिमालाई प्रतिकार गर्न नसक्ने भन्दै उनीहरुले यस्तो चाहेको पुटिनले उल्लेख गरेका छन् ।

रुसी सकारी विश्व च्यानल आरटीका अनुसार रुसी पत्रकार पाबेल जुरोबिनसँगको अन्तर्वार्तामा पुटिनले यस्तो बताएका हुन् ।

पुटिनले भनेका छन्, ‘सोभियत संघको पतन भएसँगै त्यसको केही समयमै रुस विभिन्न टुक्रामा विभक्त हुन्छ भन्ने सोचेका थिए ।’

सोभियत संघको पतनपछि रुस फरक देश भएसँगै फरक व्यवहार आउने आश गरेको तर पश्चिमाले आतंकवाद र पृथकतावादलाई सहयोग गरेको भन्दै पुटिनले पश्चिमाहरुलाई सोभियत संघसँग लडेको मात्रै अनुभव भएको र त्यही निरन्तरता दिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर