हंगेरीले रोक्यो इयूले युक्रेनलाई दिन लागेको ५५ अर्ब डलर सहयोग – Nepal Press

हंगेरीले रोक्यो इयूले युक्रेनलाई दिन लागेको ५५ अर्ब डलर सहयोग

काठमाडौं । युरोपेली संघ (इयू)ले युक्रेनलाई दिन तयार गरेको ५५ अर्ब अमेरिकी डलर हंगेरीले राेकेको छ । बीबीसीका अनुसार हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बन रुसी पक्षधर हुन् र उनले यो रकम रोकेका हुन् ।

इयूको सदस्य बन्ने प्रकृयामा रहेको युक्रेनलाई दिन लागिएको यो रकम इयूकै सदस्य हंगेरीले भिटो प्रयोग गरेर रोकेको हो । ओर्बानले आफ्नो देशको रेडियोसँग शुक्रबार कुरा गरेर आफूले इयूका नेतालाई मनाउन आठ घण्टा मेहेनत गरेको तर असफल भएपछि भिटो प्रयोग गरेको बताएका छन् ।

इयूका २६ देशहरु एक पक्षमा हुँदा ओर्बानले अर्को पक्ष लिएर भिटो प्रयोग गरेका थिए । अमेरिकी र युरोपेली सहयोगमा चलेको युक्रेनलाई यो रकम निकासा बन्द हुँदा धेरै असर गर्ने बीबीसीले उल्लेख गरेको छ ।

केही समय अगाडि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकि पत्नी ओलीनाले बीबीसीसँग कुरा गर्दा पनि अमेरिकी र युरोपेली सहयोग नभएमा युक्रेन समस्यामा पर्ने बताएकी थिइन । उनले भनेकि थिइन, ‘एक्लै छोडिएर मर्नुपर्ने हो कि भन्ने नैतिक तनावमा छ युक्रेन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर