चुनावी चन्दा रकम हिनामिना प्रकरण– जापान सरकारका प्रवक्तासहित चार मन्त्रीको राजीनामा – Nepal Press

चुनावी चन्दा रकम हिनामिना प्रकरण– जापान सरकारका प्रवक्तासहित चार मन्त्रीको राजीनामा

काठमाडौं । भ्रष्टाचार गरेको आरोप लागेसँगै जापानका चार मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् ।चुनावी चन्दा संकलनका क्रममा रकम हिनामिना गरेको आरोप लागेका ती चार मन्त्रीहरुले बिहिबार राजीनामा दिएका हुन् ।

बीबीसीका अनुसार सन २०२२ सम्म पाँच वर्ष ३४ लाख अमेरिकी डलर बराबरीको रकम हिनामिना गरेको आरोप उनीहरुमा छ । जापानको सत्ताधारी उदार प्रजातान्त्रिक पार्टीका चार मन्त्रीको राजीनामा आएसँगै जापानी प्रधानमन्त्री फुमिओ किसिदालाई सकस बढेको छ ।

राजीनामा दिनेहरुमा मन्त्रिपरिषद् सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो पनि छन् । उनी प्रधानमन्त्रीका सबैभन्दा निकट मानिएका प्रभावशाली अनुहार हुन् ।

राजीनामा दिने अरु तीन मन्त्रीमा अर्थ तथा उद्योग मन्त्री यासुतोसी निसीमुरा, आन्तरिक मामिला मन्त्री जिन्जी सुजुकि र कृषि मन्त्री इचिरो मियासिता रहेका छन् । चार मन्त्रीका अतिरिक्त पाँच सहायक मन्त्रीहरु जो सोही गुटका हुन, तीनले पनि राजीनामा दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर