जर्मनी सेनामा माग भन्दा कमको आवेदन, सेना बढाउने लक्ष्यमा ब्रेक – Nepal Press

जर्मनी सेनामा माग भन्दा कमको आवेदन, सेना बढाउने लक्ष्यमा ब्रेक

काठमाडौं । जर्मनीमा सरकारले चाहेको संख्यामा सेनामा जर्मन नागरिकहरु प्रवेश नगरेको पाइएको छ ।

जर्मनीको मुलधारको अखबार बिल्डका अनुसार सरकारले सन २०२५ सम्ममा दुई लाख तीन हजार सैनिक पुर्याउने लक्ष्य लिएकोमा त्यो लक्ष्य भेट्न अब सन् २०३१ सम्म कुनुपर्ने भएको छ ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्तोरियसले जर्मनीको सेना बढाउने लक्ष्यको समयसीमा बढेको बताएका छन् । १ लाख ८३ हजार सैनिकहरु भएकोमा गत अक्टोबरमा त्यो संख्या घटेर १ लाख ८१ हजार ३८३ पुगेको बिल्डले जानकारी दिएको छ।

जर्मनको जनसंख्याको ०.४ प्रतिसत नागरिक मात्रै सेनामा भएको रुसी च्यानल आरटीले उल्लेख गरेको छ । जर्मनीमा सैनिकहरु बन्न नागरिको उत्साह नभएपछि जर्मनीको राष्ट्रिय सुरक्षाको लागि सेनादेखि उपकरण दुवैमा जर्मनी कमजोर भएको चर्चा सुरु भएको छ ।

बुधबारको बिल्डले प्रकाशन गरेको समाचारमा पनि यहि मुद्धा उठाइएको छ । रुस र युक्रेनको युद्ध भएसँगै जर्मनीको सैनिक संरचना बलियो बनाउने आवाज उठेपनि नागरिक तहमा सैनिक हुने रहर कमजोर भएपछि जमर्नी सरकारलाई सकस भएको जर्मनीमै बहस सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर