पानामा नहरमा सुख्खापन बढ्दा विश्व व्यापारमा तनाव – Nepal Press

पानामा नहरमा सुख्खापन बढ्दा विश्व व्यापारमा तनाव

काठमाडौं । विश्वका ठूलाठूला कार्गो जहाजहरु यात्रा गर्ने पानामा नहरको पानी सुकेर घटेको छ । घटेको पानीले विश्व व्यापारमा धेरै असर गरेको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

प्रशान्त महासगर र आन्ध्र महासागर जोड्ने कृत्रिम नहर पानामा नहर दुई महासागर जोडेर जलयात्रा हुने विशाल मानवनिर्मित नहर हो । यो सुकेसँगै मध्य अमेरिकाको पानामा क्षेत्र भएर आउने जाने व्यापारिक सामानमा गिरावट आएको रोयटर्सले उल्लेख गरेको छ ।

विश्वको कुल जल यात्राका कार्गोको पाँच प्रतिशत हिस्सा आगट्ने पानामा नहरमा आएको सुख्खापनले धेरै असर गरेको बताइएको छ । पानीको सहत घटेर कार्गो जहाज पार गर्न तीन हप्तासम्म कुनुपर्ने देखिइएको छ ।

अमेरिकी अन्न निर्यात कम्पनीहरुले एसियाली खाडीका बन्दरगाहहरु प्रयोग गरेर सामान पठाउन थालेको बताइएको छ । नियमित ३५ कार्गो जहाज यात्रा गर्नेमा अहिले घटेर २२ पुगेको र आगामी फेब्रुअरीमा १८ मा झर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर