भारतको छत्तीसगढमा आदिवासी समुदायका बीजेपी नेता विष्णुदेव साय मुख्यमन्त्री चयन – Nepal Press

भारतको छत्तीसगढमा आदिवासी समुदायका बीजेपी नेता विष्णुदेव साय मुख्यमन्त्री चयन

भारतमा बिजेपीको आदिवासी कार्ड

काठमाडौं । भारतीय जनता पार्टीले छत्तीसगढको मुख्यमन्त्रीमा विष्णुदेव सायलाई चयन गरेको छ । आदिवासी समुदायको सबैभन्दा धेरै आवादी रहेको आदिवासी समुदायबाट बीजेपीले सायलाई मुख्यमन्त्री बनाएको हो ।

तीनपटक भाजपाको छत्तीसगढ अध्यक्ष रहिसकेका उनलाई मुख्यमन्त्री बनाएर बीजेपीले अब ६ महिनापछि हुन लागेको आमनिर्वाचनको रणनीतिक योजना अघि सारेको हो ।

अजित जोगीपछि छत्तीसगढमा आदिवासी जनजातिबाट मुख्यमन्त्री बन्ने दोस्रो व्यक्ति हुन् । छत्तीसगढबाट केन्द्रीय संसदमा ११ मध्ये बीजेपीले अहिले ९ सीट जितेको छ । यसअघि यो प्रदेशमा कांग्रेसको सरकार थियो । तर, यसपटक बीजेपीले बहुमत ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर