गाजाका आधा जनसंख्या भोकमारीमा छन्ः संयुक्त राष्ट्रसंघ – Nepal Press

गाजाका आधा जनसंख्या भोकमारीमा छन्ः संयुक्त राष्ट्रसंघ

काठमाडौं । गाजाका आधा जनसंख्या भोकमारीमा भएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार विश्व खाद्य कार्यक्रमका सहायक निर्देशक कार्ल स्काउले गाजाका आधा जनसंख्या भोकमारी पीडित भएको उल्लेख गरेका हुन् । उनका अनुसार गाजाका १० जनामा ९ जनाले राम्ररी खान नपाउने अवस्था आएको छ ।

‘हरेक दश परिवारमा नौ परिवारले पुरा दिन वा रात खान नखाइ बिताइरहेका छन्’, कार्लले भनेका छन् ।

शनिबार संयुक्त रास्ट्रसंघको सुरक्षा परिषदको बैठकमा १५ सदस्यमा १३ सदस्य देशले गाजामा युद्ध बिरामको पक्षमा मतदान गरेका थिए । अमेरिकाले भिटो प्रयोग गरेको थियो भने बेलायत अनुपस्थित भएको थियो ।

प्यालेस्टाइनी रास्ट्रपति महम्मद अब्बासले अमेरिकी भिटोकोबारेमा प्रतिक्रिया दिँदै अमेरिकाले गाजामा रक्तपातबाट मारिएका बालबालिका, महिला र ज्येष्ठ नागरिकहरुको जिम्मा लिनुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर