बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर राई ८० हजार घुससहित पक्राउ – Nepal Press

बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर राई ८० हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलीले बिहीबार साँझ राईलाई नियन्त्रणमा लिएको हो । उनले घर निर्माण सम्पन्न भएपश्चातको प्रमाणपत्र दिएबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *