सैनिक विशेष अदालतमा लेखनाथ, सरिता सचिवमा बढुवा – Nepal Press
मन्त्रिपरिषद् बैठक

सैनिक विशेष अदालतमा लेखनाथ, सरिता सचिवमा बढुवा

काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षको कामकाजका लागि न्यायाधीश लेखनाथ पौडेललाई तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालतमा कार्यरत पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाजको जिम्मा दिएको हो ।

त्यस्तै नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिवमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


प्रतिक्रिया

One thought on “सैनिक विशेष अदालतमा लेखनाथ, सरिता सचिवमा बढुवा

  1. यहाँहरुको , कार्य झमता र कुशलताको परिमाण देख्न सुन्न अनि सके नजिर दिने योग्य होश भनी शुभकामना प्रेषित गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर