अन्तर्राष्ट्रिय व्यापार मेलाको मिति तय, विदेशी उत्पादनसहित २१० स्टल रहने (भिडिओ) – Nepal Press

अन्तर्राष्ट्रिय व्यापार मेलाको मिति तय, विदेशी उत्पादनसहित २१० स्टल रहने (भिडिओ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यस वर्षको अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि हुने भएको छ ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर १४-१८ गतेसम्म भृकुटीमण्डपमा मेला गर्न लागिएको जानकारी गराएको छ ।

मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशबाट पनि सहभागिता हुने महासंघले जनाएको छ । त्यस्तै नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल रहने र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८-८ स्टल रहनेछन् ।

कुल २१० वटा स्टलमार्फत मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाहरुको प्रदर्शनी रहने महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । मेलाले स्वदेशी वस्तुको प्रवर्द्धन गर्न मद्दन पुग्ने महासंघको विश्वास छ ।

मेलाका अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारित प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच छलफल गर्ने कार्यक्रम पनि छ । कोभिड महामारीपछि हुन लागेको मेलाको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *